Melodies of Freedom | Azadi Ka Amrit Mahotsav, Ministry of Culture, Government of India

Melodies of Freedom Detail

Azadi Geet of Sikkim

कवि गोपाल पाठक

सिक्किम

स्वतंत्रताको अमृतं महोत्सव
मनाउँन बसेर ।
तिरंगा बोकीं नाँचगान गर्दै,
कमर कसेर ।

वीर पुर्खा धेरै भए थे शहिद ,
यो देशको बाटोमा।
झुन्डयाइयो दुर्गा मल्ल पनि ,
यो देशको माटोमा ।

बापू र नेहरू सुभाषचन्द्र जस्ता,
जन्मिएको देश हाम्रो ।
मन्दिर, मस्जिद, गिर्जाघरहरू,
मिलेको छ राम्रो।

कास्मिर देखि कन्याकुमारी सम्म ,
यो देश हाँसेको ।
हिन्दु,मुस्लिम शिख भाई-भाई,
मिलेर बाँचेको।

साकार भयो शहिदको सपना ,
देश पुग्यो शिखरमा।
नमन गर्छौं दियो बत्ती बाली,
अमृतं महोत्सवमा ।

राष्ट्रिय गानको धुन बजाइ ,
श्रद्धान्जली चढाउँछौ।
स्वतंत्रताको अमृतं महोत्सव,
धुमधामले मनाउंछौं।
स्वतंत्रताको अमृतं महोत्सव ,
धुमधामले मनाउंछौं ।।।

Top